देवेन्द्र सञ्ज्याल
चैत्र २३,अछाम
कमलबजार अछाम स्थित श्री कालिका आधारभूत विद्यालय मुलि अछामको दान सहयोगबाट निर्माणाधीन दुई कोठे पक्की भवनका लागी रु एक लाख बिस हजार सहयोग प्राप्त भएको छ
सङ्खुवासभा जिल्ला मकालु गाउँ पालिका तासी घर भै हाल क्यालिफोर्निया निवासी आङ् दि शेर्पाको पहलमा सो सहयोग रकम प्राप्त भएको जानकारी विद्यालयका प्रधानाध्यापक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।
अमेरीकामा रहनुहुने आङ् दि शेर्पा स्वयंले रु चालिस हजार, पेम्बा नुरु शेर्पाले रु चालिस हजार, टेम्बा शेर्पाले रु बिस हजार र तेन्जेन शेर्पाले रु बिस हजार गरी एक लाख बिस हजार विद्यालय भवन निर्माणका लागी सहयोग गर्नु भएको छ।
दान सहयोग बाट निर्माणाधीन सो विद्यालयका लागी आर्थिक अभाव भएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत थाहा पाए पछि आफूहरूले सो सहयोग गरेको जानकारी आङ् दि शेर्पाले दिनु भएको छ।
प्र.अ. सञ्ज्यालले उक्त विद्यालय भवन निर्माण सम्पन्न गर्न सकेको आर्थिक सहयोग गरिदिन हुन सम्पूर्ण सहयोगी मनकारीहरु सङ्ग हार्दिक अपिल समेत गर्नु भएको छ।