अछाम ,चैत्र ३०। नेपाली कांग्रेस अछामका युवा नेता बिनोद थापा लाई सर्बाधिक मत प्राप्त भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिकामा कांग्रेसको तर्फबाट को उम्मेदार बन्दा उपयूक्त होला भन्ने प्रश्न राखेर सामाजिक सञ्जाल फेसबुकमा भएको परिक्षणमा थापालाई सर्बाधिक मत प्राप्त भएको हो ।

मंगल खबर ड्टकमले गरेको सर्बेक्षणमा थापाले सम्बाभित उम्मेदारहरुमा सबै भन्दा बढी मत प्राप्त गरेका छन् भने कमेण्टमा समेत सबैभन्दा बढी उनको नाम देखिएको छ ।

थापाले सबैभन्दा बढी मत प्राप्त गर्दा दोश्रोमा पार्टी उपभासती चन्द्र ढुंगानाको मत रहेको छ भने तेश्रोमा युवा नेता जिल्ला सदस्य एवंम वडा नं. ६ का अध्यक्ष जनकराज भण्डारीको मत रहेको छ ।

मंगल खबरले जिल्लाका सबै पालिकाका सम्भाबित उम्मेद्धारहरुको मत सर्बेक्षण गरिहरको छ । कांग्रेस, एमाले, माओवादी र समाजबादी पार्टीका नेताहरुको सर्बेक्षण गरिरहेको हो ।

यसअघि नेकपा एमालेको तर्फबाट मंगलसेनको मेयरमा कसलाई टिकट दिदा उपयूक्त होला भन्ने प्रश्नमा जिल्ला सचिव युवा नेता भिम बहादुर रावलको सबैभन्दा बढी मत रहेको थियो ।

जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकालाई मुख्य चाँसोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय