निर्मल राजा, गुलरिया

युनिक नेपाल लघुबित्त बित्तिय संस्था लि. केन्द्रीय कार्यालय कोहोलपुरको आयोजना तथा शाखा कार्यालय गुलरियाको आयोजनामा केन्द्र प्रमुख अन्तक्रिया तथा वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ ।

हरेक वर्ष गदै आएको केन्द्र प्रमुख तथा उपप्रमुख अन्तक्रिया   कार्यक्रम बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युनिक नेपाल लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय गुलरियाले एक भब्य कार्याक्रम गदै सम्पन्न गरेको हो ।

वार्षिक केन्द्र प्रमुख अन्तक्रिया तथा वित्तिय साक्षरता तालिमको उद्धघाटन युनिक नेपाल लघुबित्त बित्तिय संस्था लि. का नायब कार्यकारी प्रमुख अधिकृत कुन्ना नारायण चौधरीले गरेका थिए ।

कार्यक्रममा बोल्दै चौधरीले युनिक नेपाल लघुबित्त बित्तिय संस्था लि ले गरिबीको रेखामुनी रेहेका दिदी बहिनीहरु लाइ आयआर्जन तथा क्षमता अभिवृद्धीमा महत्वपुर्ण भूमिका खेल्दै आएको अझै संस्थालाई अगाडी बढाउन समूह सदस्य तथा सरोकारवाला निकायको सहयोग साथको आवश्यकता रहेको बताए ।

कार्यक्रममा केन्द्र प्रमुखहरुबाट आएका प्रश्नहरुको संस्थाका प्रतिनीधीहरुले सहजीकरण गरेका थिए ।
उक्त कार्याक्रममा युनिक नेपाल लघुबित्त बित्तिय संस्था लि.का नायब कार्यकारी प्रमुख अधिकृत कुन्ना नारायण चौधरी, सूचना तथा प्रबिधी बिभाग प्रमुख रमेश चौधरी, आन्तरिक लेखा परिक्षक बिनोद कुंवरले सहजीकरण गरेका थिए ।
कार्यक्रममा युनिक नेपाल लघुबित्त बित्तिय संस्था लि. ले ९ जनालाइ सम्मान समेत गरेको छ ।
युनिक नेपालले उत्कृष्ट केन्द्र  प्रमुख, उत्कृष्ट उधमी,उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र लगायतलाइ संस्थकाका नायब कार्यकारी प्रमुख अधिकृत कुन्ना नारायण चौधरीले दोसल्ला कदर पत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रमको सञ्चालन युनिक नेपाल लघुबित्त बित्तिय संस्था लि शाखा कार्यालय गुलरियाका शाखा प्रमुख तथा इलाका अधिकृत मान बहादुर चौधरीले गरेका थिए भने अन्तक्रिया कार्यक्रममा १४४ जनाको सहभागिता रहेको थियो ।

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९५ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४२ वटा शाखा मार्फत सेवा गदै आएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय