काठमाडौं/चैत्र ३० ।

माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले

उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको
कारोबार गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार निजी क्षेत्रका विभिन्न संगठनहरुसँगको छलफलमा माननीय मन्त्रीज्यूले
व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर
काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले बजारमा ग्यासलगायत उपभोग्य वस्तुहरुको अभाव र अत्यधिक मूल्य बृद्धि
भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास
बिक्रेतालगायत व्यवसायीलाई आग्रह गर्नुभयो ।
यसैगरी माननीय मन्त्रीज्यूले उद्यमशीलताको विकास, दक्ष जनशक्ति उत्पादन, ग्रामीण
क्षेत्रका महिला तथा युवाहरुलाई आत्मनिर्भर बनाउन नतिजामूलक काममा जोड दिनुपर्ने
समय आएको बताउनुभयो ।
उहाँले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउनसक्ने भएकाले स्वदेशी उत्पादन
र ग्रामीण उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने कार्यमा सरकार जस्तो सुकै सहयोग गर्न
तयार रहेको पनि बताउनुभयो । यसकार्यले स्वदेशमा नै रोगजारीको अवसर सृजना भई
आवश्यक वस्तुको उत्पादनबाट आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन हुने र यसले
समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बुधबार चेम्बर अफ कमर्श, नेपाल इटा उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास
मञ्च, ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिहरुले माननीय मन्त्रीज्यूलाई बधाई तथा
शुभकाना दिँदै विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय