कमलबजार, बैशाख ८ ।
कमलबजार नगरपालिका वडा नं २ मा १ दिने बालमैत्री स्थानीय शासन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला समितिका २५ जना पदाधिकारी सो अनुशिक्षण कार्यक्रममा सहभागी रहेको महिला बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गानाले जानकारी दिनुभयो । कमलबजार नगरपालिका वडा नं २ बजुडाले आ.व २०७८/०७९ को महिला लक्षित कार्यक्रम अन्तर्गत  छुट्याइएको वजेट बाट सो कार्यक्रम गरिएको वडा सचिव बिरेन्द्र भण्डारीले जानकारी दिनुभयो । वडा अध्यक्ष रण बहादुर खड्काको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट रहनु भएको थियो । कार्यक्रमको सहजिकरण महिला बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गाना र प्राथमिक स्वास्थ केन्द्र कमलबजारमा कार्यरत अनमी पार्वती बिसी ले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन वडा सचिव विरेन्द्र भण्डारीले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय