
कमलबजार , जेठ १ ।
कमलबजार नगरपालिका वडा नं ८ ढाँकुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन कार्यालय कमलबजारले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुुसार कांग्रेशका उम्मेदवार मीन बहादुर बिष्ट लाइ पराजित गर्दै एमाले बाट न प्रजा बहादुर बोगटी रको पुरै प्यानल विजय भएको छ |
वडा अध्यक्ष विजेता प्रजा बहादुर बोगटीले कुल खसेको मत ७७८ मध्ये ४५२ मत प्राप्त गर्नुभयो उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मीन बहादुर बिष्ट ले २०१ मत प्राप्त गर्नु भयो । सस्तै विजेता हुने वडा वडा सदस्यले क्रमश महिला सदस्य तर्फ: जमना चलाउनेले ४२९, दलित महिला सदस्य तर्फ मिना नेपालीले ४३६, खुल्ला सदस्य तर्फ मीन भण्डारी ले ४२४ र झंकर बिष्ट -४२० मत प्राप्त गर्नु भयो ।