निर्मल राजा
धनगढी
प्रधानमन्त्री शेरबहादुर देउवाले  धनगढी उपमहानगरपालिकाको भवन उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन शनिबार उद्घाटन गरेका हुन ।
सात कारोड २३ लाख ४५ हजार रुपैयाँ लगानीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने समेत बताए ।
प्रधानमन्त्री देउबाले क्याबिनेटबाट निर्णय गरेर आवश्यक ऐन, कार्यविधि बनाइ कैलालीको गोदावरी नगरपालिका स्थित गेटा मेडिकल कलेजलाइ प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने बताए ।
उक्त अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे।
उस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय