
हिक्मत नेपाली
कमलबजार , असार १० ।
कमलबजार नगरपालिकाको १० अौ नगरसभाले प्रस्तुत बार्षिक बजेट, निति तथा कार्यक्रम पारित गरेको छ ।
आज बसेको नगर सभाले आर्थिक वर्ष २०७९ /०८० को बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । सभाले आ.व. २०७९/०८०को लागी ४६ करोड ६१ लाख २५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षमा चालु तर्फ ३५ करोड ६५ लाख २९ हजार चालिस र पुजिगत तर्फ १० करोड ९४ लाख ९५ हजार साठी गरि जम्मा ४६ करोड ६१ लाख २५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।
नगरपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा लाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी स्वाथ्य, खानेपानी तथा सरसफाई, सडक विकास तथा सुधार ,कृषि ,पर्यटन बिकास, पुर्वाधार, बन तथा वातावरण, सुशासन तथा सस्थागत क्षमता अभिबृद्धि लगायतका बिषयलाई प्राथमिकतामा पारेको छ ।