कमलबजार , असार १० । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सेवा ईकाई कार्यालय कमलबजार नगरपालिका अछामको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला निकाय संग अभिमुखिकरण कार्यक्रम  कमलबजार नगरपालिका वडा नं १० घोडासैन वडा कार्यालयमा सम्पन्न भएको छ ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सुदृढ परियोजना अन्तर्गत नवनिर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला निकाय संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कमलबजार नगरपालिका वडा नं १० का  वडा अध्यक्ष भिम बहादुर बिष्ट  , वडा सदस्य हस्त बहादुर बिष्ट  ,ईश्वर राज उपाध्याय , नन्नकला भण्डारी , जलुदेवी दमाई  लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सहजिकरण ईकाईमा कार्यरत एम.आई.एस फिल्ड  सहायक हिक्मत बहादुर नेपाली र वडा सचिव राम बहादुर बिष्टले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय