
हिक्मत नेपाली
कमलबजार, असार २२ ।
कमलबजार नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । प्रादेशिक शुसासन केन्द्र पुन्ना डोटीको सहयोगमा कमलबजार नगरपालिकादे आयोजनामा भएको सो कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ अछामले गरेको थियोे । कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा कुमारी बिष्ट , निवर्तमान उपप्रमुख भुमिशरण ढकाल बजगाई ,प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट कमलबजार नगरपालिकाका दस वटै वडा का वडा अध्यक्ष , निवर्तमान वडा अध्यक्षको उपस्थिति रहेको थियोे । साथै पार्टी प्रतिनिधिको रुपमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य कटक बहादुर साँउद , नेपाली काँग्रेसका कमलबजार नगर सभापति पदम बहादुर भण्डारी , एकिकृत समाजवादीका जिल्ला सदस्य लोक बहादुर भण्डारी ,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा कमलबजार नगरपालिकाले दिई रहेकोे सेवा प्रवाह र समग्र नगरमा सञ्चालनमा रहेका योजना तथा कार्यक्रमका वारेमा प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टलेले प्रकाश पार्नु भएको थियोे ।साथै सहभागी हरुले सोधेका प्रश्न हरुको जवाफ नगरप्रमुख यज्ञ प्रसाद ढकालले दिनु भएको थियोे । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य तपेन्द्र कुँवरले गर्नुभएको थियोे। सार्वजनिक सुनुवाइ कार्यक्रम वृस्तृतमा हेर्न KAMALBAZAR MEDIA KBM TV Youtube Channel मा हेर्ने सकिनेछ ।