हिक्मत नेपाली
कमलबजार, असार २४ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकामा १ दिने दलित क्षमता विकास कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको छ । वडा कार्यालय बाट आ.व २०७८/०७९ को लक्षित बजेट तर्फ वडा कार्यालयबाट दलित क्षेत्रमा विनियोजन भएको रु.२५ हजार रकम बाट सो कार्यक्रम सञ्चालन गरिएको हो ।
५ नं वडाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाका वडा अध्यक्ष सत्यराज तिमिल्सैना को अध्यक्षता भएको कार्यक्रममा, नगर कार्यपालिका सदस्य लिलावती बिष्ट , वडा सदस्य दुर्गा प्रसाद तिमिल्सैना, रतन भुल लगायतको उपस्थिति रहेको थियोे । यस्तै दलित अगुवा राजेन्द्र नेपाली, मञ्जित भुल, हिरा विक लगायतले मन्तव्य राख्नु भएको थियोे । दलित समुदायका हक अधिकार स्थापित गरि न्यायोचित रुपमा दलित समुदाय तर्फ लक्षित बजेट छुट्टाउनु पर्ने र दलित समुदायका परम्परागत पेसा जगेर्ना गर्न उहाँहरुले वडा सरकारलाई सचेत गराउनु भयो । दलित क्षमता विकास कार्यक्रममा दलित समुदायले आफ्नो क्षमता विकास गर्न शिक्षा क्षेत्रमा जोड दिन प्रशिक्षक हिक्मत बहादुर नेपाली ले आग्रह गर्नुभयो । कार्यक्रममा दलित समुदायका ४० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा अध्यक्षको आशन बाट वोल्दै वडा अध्यक्ष तिमिल्सैनाले वडामा आर्थिक अभावले कोहि पनि दलित समुदायका बालबालिका शिक्षा बाट वञ्चित नहुने बताउनुभयो साथै त्यसको जिम्मा वडा कार्यालयले लिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा दलित समुदाय संग छलफल गरि दलित लक्षित कार्यक्रम ल्याउनुका साथै छुवाछूत जन्य विभेद हटाउन पनि वडा सरकारले विशेष पहल चाल्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन वडा सचिव विरेन्द्र तिमिल्सैनाले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय