-
कमलबजार श्रावण ०१ ।
कमलबजार नगरपालिकाका कार्यरत अस्थायी ,करार तथा ज्यालादारी कर्मचारीहरुको करार म्याद थप नभएपछि कार्यालय बाट दिईने सेवा प्रभावित भएका छन । नगरपालिकाको कार्यालय अहिले बन्द अवस्थामा छ । कार्यपालिका बाट आ.व २०७९/०८० का लागि करार कर्मचारीको म्याद थप गर्ने निर्णय हाल सम्म नभएकाे र कर्मचारी कार्यालयमा हाजिर पनि नभएकोले कार्यालयबाट हुने सेवा प्रभावित भएको हो । कार्यपालिका बाट निर्णय भएर आधिकारिक सुचना नभएता पनि कर्मचारीहको करार म्याद थप नगरिएकोले पालिका र पालिका मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरु हाजिरी नभएकोले सेवा प्रभावित भएको बताएको छ । कार्यालयमा करार सेवामा कार्यरत कर्मचारीको उपस्थिति नहुदा स्थाई कर्मचारीको संख्या न्युन रहेकाले सेवा प्रवाह गर्न नसकिएको एक कर्मचारीले बताए ।
यसै विच आजै कमलबजार नगरपालिकामा कार्यरत अस्थायी करार तथा ज्यालादारी कर्मचारी हरुको साझा संगठन अस्थायी करार तथा ज्यालादारी कर्मचारी हक हितको कमलबजार नगर समितिले कार्यालयमा हाजिरी नहुन दिनुको कारण खोज्ने र थप आधिकारिक निर्णय आएपछिमात्र आन्दोलनका कार्यक्रम अगाडि बढ्ने निर्णय भएको मञ्चका अध्यक्ष भानुभक्त ढकालले बताउनु भयो ।