अछाम साउन ०२ । अस्पतालमा भर्ना भएका बिरामीहरुका लागि नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले २० वटा झुल सहयोग गरेको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई लामखुट्टेको टोकाइबाट बचाउनका लागि झुल हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस अछामका सभापति रत्नप्रसाद ढुंगानाले अस्प्ताल व्यवस्थापन समिति र प्रमुखलाई झुल हस्तान्तरण गरिएको हो । सोमबार अस्पतालमा पुगेर अस्पताल व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर बोगटी र अस्पतालका प्रमुख डाक्टर सोनाली बास्कोटालाई झुल हस्तान्तरण गरिएको हो ।
झुल वितरणका क्रममा रेडक्रस सोसाइटी नेपालका पूर्व केन्द्रिय सदस्य बृकेशसिंह बोगटीले झुलको बिरामीहरुलाई उपयुक्त उपयोगमा ध्यान दिन सुझाव दिनुभयो । अस्पतालका प्रमुख डाक्टर बास्कोटाले झुल सहयोग गरिएकोमा रेडक्रस अछामलाई धन्यवाद दिँदै यसको उपयुक्त प्रयोग हुनेमा भनाइ राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय