कमलबजार,श्रावण ३ । स्थानीय अस्थायी करार तथा ज्यालादारी कर्मचारीको करार म्याद थपेको बिषयलाई लिएर स्थानीय अस्थायी करार तथा ज्यालादारी कर्मचारी हकहित मञ्च कमलबजार नगर कार्यसमितिले कमलबजार नगरपालिकाकालाई ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाले अस्थायी,करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुको म्याद थप नगरेको हुदाँ अन्योलता छाएकाले यस विषय नगरपालिकाले तत्काल निर्णय दिनु पर्ने माग सहितको ज्ञापनपत्र नगर प्रमुख यज्ञ प्रसाद ढकाल,उपप्रमुख शारदा विष्ट र प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्ट तथा १० वटै वडाका वडा अध्यक्ष लाई बुझाइएको कर्मचारी हकहित मञ्च कमलबजार नगर कार्यसमिति अध्यक्ष भानुभक्त ढकालले बताउनु भएको छ ।
नगरपालिका अन्तर्गतका वडा कार्यालय,स्वास्थ्य संस्थामा कार्यरत अस्थायी करार तथा ज्यालादारीमा कार्यरत रहेका कर्मचारीको नगर कार्यपालिकाको बैठक बाट निर्णय गराई एक पटकमा कम्तिमा ६ महिनाको करार सम्झौता नवीकरण गरिने प्रावधान अनुसार हाल सम्म नगर्नु को कारण बारेमा प्रष्ट पारिनु पर्ने पनि ध्यानाकर्षण पत्र उल्लेख गरिएको छ ।
करार सेवामा कार्यरत करार सेवा नवीकरण नगर्नुको कारण, साउन ४ गते १२ बजे भित्र खुलाइ सक्नु पर्ने,तोकिएको समयमा करार सेवा नवीकरण सम्बन्धी प्रष्ट कारण नआएमा चरण बद्ध आन्दोलन गर्ने,माग सम्बोधन नहुुजेलसम्म नगरपालिकाको कार्यालयमा ताला बन्दी गर्ने,चरणबद्ध रूपमा वडा कार्यालय र संस्थाहरू सबैमा ताला बन्दी गरिने ध्यानाकर्षण पत्र बताइएको छ ।