बिष्णु प्रसाद भण्डारी/अछाम, ९ श्रावण ।।
मालपोत कार्यालय अछाममा कार्यरत नायव सुब्बा चानुराम रानाको आज एक कार्यक्रमका बिच बिदाई गरिएकोछ । मालपोत कार्यालय अछामका कार्यालय प्रमुख शिवराज ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्याक्रम मार्फत नायव सुब्बा रानाको बिदाई गरिएको हो । रानाको खप्तड राष्ट्रिय निकुन्जको कार्यालय डोटीमा सरुवा भएको छ । बिदाई कार्यक्रममा बोल्दै कार्यालय प्रमुख शिवराज ढुंगानाले सरुवा हुनु नियमित प्रक्रिया भएपनि नायाव सुब्बा रानाको सरुवा हुँदा मालपोत कार्यालय अछामले एक अशल कर्मचारी गुमाएको जस्तो आफुलाई महसुस भएको बताउनुभयो । कार्यालयमा रहँदा रानाले उत्कृष्ट काम गरेको ढुंगानाले बताउनुभयो । कार्यक्रममा बोल्दै नायव सुब्बा रानाले आफ्नो मालपोत कार्यालय अछामको बसाई निकै अवस्मरणिय रहेको बताउनुभयो । मालपोत कार्यालय अछाममा आएर आफुले अफ्नो जिवनको एउटा अर्को खुड्किला पार गर्न सफल भएको उहाँले बताउनुभयो ।
बिदाई कार्यक्रममा कार्यालयका कर्मचारी, लेखापडी व्यबसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मालपोत कार्यालयका कम्प्युटर अपरेटर बिष्णु प्रसाद भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय