हिक्मत नेपाली
कमलबजार, श्रावण १९ ।
अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरिएको ३ दिने घुम्ति शिबिर आज सम्पन्न भएको छ । विकट क्षेत्रका जनता लाई घर पायक स्थानका सेवा दिने उदेश्यले, जिल्ला प्रशासन कार्यालय अछाम,जिल्ला निर्वाचन कार्यालय अछाम र कमलबजार नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको घुम्ति शिबिर आज(बिहिबार) सम्पन्न भएको हो । श्रावण १७ गते बाट सञ्चालन भएको शिविरमा घुम्ति शिबिरबाट
कमलबजार नगरपालिकाका ४३३ जना सेवाग्राहीहरुले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका र ३०७ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा लक्ष्मी बस्नेतले जानकारी दिनुभयो ।
१६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता प्राप्त नगरेका नागरिकहरुलाई नागरिकता वितरण र यसअघि मतदाता नामावलीमा नाम दर्तागर्न छुटेका नेपाली नागरिकरुलाई मतदातामा नाम दर्तागर्न आग्रह गरिएको थियो ।
आफ्नो घरपायक मै सेवा प्राप्त हुने भएपछि स्थानियहरु खुसि भएकाछन । महँगो गाडीभाडा तिरेर सदरमुकाममै गई सेवा लिनुपर्ने बाध्यता रहेको भन्दै नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय,निर्वाचन कार्यालय र नगरपालिकाको समन्वयमा घुम्ति शिबिर सञ्चालन गरिएको थियो । नगरपालिकामै सेवा पाउँदा आफुलाई खुसि लागेको एकजना सेवाग्राही दल बिष्ट ले बताए । यस्तै अर्का सेवा ग्राही जित बहादुर बिष्ट यस्ता घुम्ती शिविरले नागरिकलाई सेवा लिन सहज हुने भएकोले आगामी दिन पनि सेवा प्रवाह गर्ने निकाएले शिविर आयोजना गर्नुपर्ने भनाइ राख्नु भयो ।
नागरिकताको प्रमाणपत्र लिनकै लागी जिल्ला प्रशासन कार्यालय अछाममा पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राखि नगरपालिकमै सेवा सञ्चालन हुनुले जनताले राहात महसुस गरेको कमलबजार नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मीन बहादुर साँउदले बताउनु भयो । कमलबजार नगरपालिकाका कार्यबाहक नगर प्रमुखले शिविर सफल रहेको र यो शिविर बाट कमलबजार नगरपालिकाका आम नागरिक लाभान्वित भएको बताउनु भयो ।
ADVERTISEMENT