कमलबजार , श्रावण २४ । कमलबजार नगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षमता एवम आवश्यकताको लेखाजोखा कार्यक्रम कमलबजार सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख शारदा कुमारी बिष्टको अध्यक्षता मा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष , निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद बजगाई , बिषयगत शाखा प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । मर्सिकोर ,भकारी परियोजना लगायत पालिका संगको साझेदारीमा विपद व्यवस्थापनका क्षेत्रमा कार्यरत विभिन्न एनजीओ/ आईएन जिओमा कार्यरत प्रतिनिधिहरुले सो कार्यक्रममा प्रस्तुतिकरण राख्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय