कमलबजार,भाद्र १२
जलउपयोग गुरुयोजना तयारीका लागी पालिका स्तरीय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी आईतवार कमलबजारमा सम्पन्न भएको छ । युएसएआइएडी , कर्णाली जल परियोजनाको आर्थीक सहयोगमा सीएटीएन र सोसक नेपालले आयोजना गरेको कार्यक्रम कमलबजार नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख शारदा कुमारी बिष्ट, कमलबजार नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष भक्त बहादुर बोहरा , वडा नं २ का अध्यक्ष दिर्घा टमट्टा , वडा नं ३ का वडा अध्यक्ष नन्द सिंह कुँवर , वडा नं ४ का वडा अध्यक्ष मिन बहादुर साँउद , वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना, वडा नं ६ का कार्यवाहक वडा अध्यक्ष भिम बहादुर शाह, वडा नं ६ का कार्यवाहक वडा अध्यक्ष धाङणे सुनार , वडा नं ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटी , वडा नं ९ का कार्यवाहक वडा अध्यक्ष विर बहादुर रावत,वडा नं १० का वडा अध्यक्ष भिम बहादुर बिष्ट , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , बिभिन्न बिषयगत शाखाका प्रमुख , विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिीती रहेको थियो । कार्यक्रममा कमलबजार  नगरपालिकामा जलउपयोग गुरुयोजना तयारीका लागी आवश्यक छलफल गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय