
कमलबजार भाद्र २३ । कमलबजार नगर कार्यपालिका सदस्य चक्र टमट्टाकाे दुखत निधन भएकाे छ । अाज अपचारका लाागी नेपालगञ्ज लैजादै गर्दा उहाँकाे बाटाेमै निधन भएकाे हाे । गत स्थानिय निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित टमट्टा नेकपा एमाले अछाम जिल्ला कमिटी सल्लाहकार सदस्य समेत हुनुहुन्थ्याे । साथै कमलबजार दलित एकता समाजका सल्लाहकार समेत रहेका टमट्टा दलित समुदायका हक अधिकारको बिषयमा बुलन्द आवाज उठाउदै अन्याय र अत्याचारका बिरुद्धमा लडिरहने निडर स्वभावका थिए । उहाँकाे दुखत निधनले सिंगो दलित समुदायनै स्तब्ध भएको दलित एकता समाजका अध्यक्ष मिलन नेपाली बताउनु भयो । समाजले मृत आत्मा प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै यो दुखत घडिमा परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ ।