कमलबजार,भाद्र २६
नेपाल मजदुर किसान पार्टी कमलबजार नगरपालिका वडा नं ६ को दोश्रो वडा सम्मेलन आईतबार सम्पन्न भएको छ । उक्त सम्मेलन लाई उद्घाटन गर्नु हुदै नेमकिपा अछामका अध्यक्ष झंकर बहादुर शाहीले देशघाती एमसीसी सम्झौता र नागरिक बिधेयक संसदबाट पास गर्नेहरु अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद ऐजेन्ट भएकाले अव नेपाली जनताले संघ र प्रदेशको चुनावमा नेपाली कांग्रेश, माओवादी , ए.समाजवादी लगायतका दलहरुलाई हराउनु पर्छ भन्नुहुदै नेमकिपाले चुनावलाई प्रयोग गरेर पुँजिवादी हरुलाई चुनाव जित्न नदिन र जनता शिक्षित गर्ने महान अभियानकै रुपमा प्रयोग गर्ने छ भन्नु भयो । उक्त सम्मेलनमा नेपाल क्रान्तीकारी बिद्यार्थी संघ अछामका अध्यक्ष बिरेन्द्र शाही , नेमकिपा कनपा ६ की सदस्य रिउली शाही ,नेपाल क्रान्तीकारी बिद्यार्थी संघ अछामका सचिब बिनोद कुमार शाही नेपाल क्रान्तीकारी महिला संघकी अम्बकला शाही लगायतले बोल्नु भएको कार्यक्रम राजेन्द्र बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय