कमलबजार ,भाद्र २७ ।
कमलबजार नगरकार्यपालिकाले दिवंगत कार्यपालिका सदस्य चक्र बहादुर टमट्टा प्रति शोक प्रस्ताव पारित गरेको छ । आज बसको कार्यपालिका बैठकले भाद्र २३ गते उपचारका क्रममा टमट्टाको असामयिक दुखत निधन प्रति गहिरो समवेदना प्रकट गर्दै शोक सम्तप्त परिवारजनमा धेरै धारण गर्ने शक्ति प्राप्त होस भन्दै मृतक आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली सहित शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ । साथै असाेज ०४ गते १३ दिनको पुन्य तिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम कमलबजार नगरसभाहलमा गर्ने र पालिका मातहतका सवै कार्यलयमा १ दिन विदा दिने निर्णय समेत गरिएको छ ।
कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा उपप्रमुख शारदा कुमारी बिष्ट , वडा अध्यक्ष , कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय