निर्मल राजा धनगढी, कैलाली

 

मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५ औ साधारण सभा  तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५ औ साधारण सभाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उद्घाट्न गरेका हुन् ।
सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाको अधिवेशन अन्त्य भइसकेकोले
मुक्त कमैया, कम्लहरी, मुक्त हलियासम्वन्धी ऐन अव अध्यादेशबाट ल्याउने बताएका हुन् ।
उक्त ऐन आएपछि मुक्त कमैया लगायतका वर्गको हित हुने उनले बताए । मुख्यमन्त्री भट्टले भूमी सम्वन्धी अधिकार सघिंय सरकारसंग भएकोले मुक्त कमैया, कम्लहरी, मुक्त हलिया र भूमिहीनका पक्षमा धेरै काम गर्न नसकेको बताए ।

 

उनले भने जग्गा दिन नसके पनि प्रदेश सरकारले पछाडि परेका वर्गलाई स्वरोगजारमुलक तालिम दिएका छौ, फेरि पनि कुन सीपमा मुक्त कमैया, कम्लहरी र मुक्त हलिया तालिम लिन चाहन्छन् योजना ल्याउनुस तालिम दिलाउन सकिन्छ ।
उनले नजिकको सरकार प्रदेश र स्थानीय तहले जग्गा नभएकालाई जग्गा नदिन सक्दा सघिंयता प्रति वितृष्णा आएको बताउदै भूमिहीनलाई जग्गा दिनका लागि सघ सरकार गम्भीर हुनुपर्ने बताए। ।
उक्त कार्यक्रममा बोल्दै सबिधान सभा सदस्य तथा हलिया हरुवाचरुवा कमैया वस्तु वस्तुुस्थिी अध्ययन समितीका सदस्य समेत रहेका हरि श्रीपाइलीले कमैया कम्लहरी, हलिया र हरवाचरवाको वस्तुस्थिती अध्ययन समितिले देखेका थुप्रै समस्यहरु प्रतिबेदनमा उल्लेख गरेको र समाधानका लागि सरकार गम्भीर भएर लाग्नु पर्ने तथा सिफारिश गरिएका सवालहरु तुरुन्तै कार्यान्वयन गरि समस्य समाधान गर्न आग्रह गरे ।
हलिया आन्दोलनका अगुवा समेत रहेका श्रीपाईलीले अध्ययन समितिको प्रतिवेदनबारे प्रदेश तथा संघीय स्तरका सम्बन्धित मन्त्रालयका बिचमा ब्यापक छलफल चलाउनुपर्ने कुरामा जोड दिए ।
कमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य हरी श्रीपाइली, प्रदेश सरकार मुख्य न्याधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल बार एशोशिएसनका केन्द्रीय उपाध्यक्ष तुलाराम गिरी र लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय