
निर्मल राजा धनगढी, कैलाली
२०औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर गोविन्द केसीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकारको टोली कैलालीको धनगढी आइ पुगेको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएका डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको टोली अस्पताल पुगेको हो।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक मोहनदेव जोशीले शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न पाउने नागरिकको अधिकार भएको बताए।
उनले लामो समयसम्म अनसन बसेर माग राख्नुपर्दा स्वास्थ्यमा आउने जटिलताबारे सरकार जिम्मेवार हुनुपर्ने बताउँछन्।
जोशीका अनुसार केसीको जीवन रक्षा गर्ने दायित्व राज्यको भएकाले उनले राखेका मागबारे सरकार गम्भीर हुनुपर्ने बताए ।
जोशीलाई डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे डाक्टर अमृत जैशीले जानकारी गराएका थिए।