निर्मल राजा कमलबजार, अछाम,
अबिरल वर्षाका कारण अछाम जिल्लामा ठुलो धनजनको क्षति भएको छ । शुक्रबार देखि अछाममा परेको अविरल वर्षाले बितन्डा मच्याएको हो भने गाउ नै शोकाकुल तथा भयमय भएको छ । अबिरल वर्षा संगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

अछाम जिल्लाको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाद गाउँपालिकामा पहिरोमा पुरिएका १८ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो ।
तुर्माखाद गाउँपालिका–५ मा ६ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् ।

उनीहरुको खोजी भइरहेको छ । यस्तै पहिरोमा परेर घाइते भएका १५ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।

अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति गरेपनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । अहिले बेपत्ताहरुको खोजी र घाइतेको उद्दारको काम भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय