
असोज ३ कमलबजार
कमलबजार नगरपालिका बाढी पिडितहरु लाई कमलबजार नगरपालिका वडा न.७ सेरा घर भई अमेरिकामा रहनु भएका समाजसेवी टंक भण्डारी बाट नगद १ लाँख दुई सय नगद रकम सहयोग प्रदान गरिएको छ ।
आज एक कार्यक्रम बिच समाजसेवी टंक भण्डारी का भाई समाजसेवी तथा ने.का. जिल्ला कार्य समिती सदस्य खेम भण्डारी ले कमलबजार न.पा.७ वडा अध्यक्ष नृप बोहरा को रोहवरमा कमलबजार नगरपालिका ८ डुगाला का पिडित कल्लाने दमाई लाई रु पचास हजार एक सयको चेक र कमलबजार नगरपालिका वडा न.६ का पिडित लाई वडा अध्यक्ष लाल ब.शाही को रोहवरमा पचास हजार एक सयको चेक प्रदान गर्नु भयो ।
दाताको रुपमा परिचित टंक भण्डारी कमलबजार नगरक्षेत्रमा कुनै बिपद तथा बिरामी हुदा समाजसेवी टंक भण्डारी ले सक्दो सहयोग गरिरहनु भएको छ र भबिष्यमा पनि निरन्तर सहयोग गरिरहने बताउनु भएको छ ।