निर्मल राजा असोज ०७,

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गुलरिया बर्दियाले एक कार्यक्रमको आयोजना गरि समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत किरीया खर्च प्रदान गरेको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ०७ चौगुर्जी बस्ने लिला गोडियालाई किरिया खर्च प्रदान गरेको हो ।
एक कार्यक्रमको आयोजना गदै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शाखा कार्यालय गुलरिया बर्दियाले गुलरिया नगरपालिका वडा नं ०७ का वडा अध्यक्ष मनोज कुमार यादव मार्फत उनकै घरमा गई किरिया खर्च तथा बिमा बाफतको रकम रु ६० हजार ८१ रुपैया प्रदान गरेको हो ।
किरिया खर्च रकम हस्तान्तरण गदै वडा अध्यक्ष यादवले रु १०० को बिमा मात्रै गरे पनि युनिकले ठुलै रकम सेवा सुबिधा दिने भएकोले हामीले आफू सुरक्षित हुन तथा भबिष्यमा आउने समस्याबाट बच्न भए पनि बिमा गर्नु पर्ने र यसरी बिमाले हामीलाई भबिष्यको सहारा हुने बताए ।
साथै वडा अध्यक्ष यादवले युनिकले पछाडी पारिएको समुदाय तथा केही गर्न आट गरेका तर पैसा नभएका हरुलाई सहयोग गरेको तथा उधमी बनाउन महत्वपुर्ण काम गरेको बताए ।
उक्त कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गुलरिया बर्दियाका शाखा ब्यवस्थापक मान बहादुर चौधरीले लिला गोडिया इमानदार सदस्य हुनुका साथै केन्द्र नं ०३५ को केन्द्र प्रमुख भएको र बिभिन्न समयमा गोडियाले रु १ लाख २० हजार रकम कृषीका लागी भनी लिनु भएको र उनले इमानदारी पुर्वक किस्ता भुत्तानी गरिरहेको बताए ।
गोडियाका श्रीमान श्यामलाल गोडियाको ५२ वर्षको उमेरमा कालगतिका कारण निधन भएको थियो । उनका
२ छोरी र २ छोरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय