
कमलबजार,कार्तिक २ ।
कमलबजार नगरपालिकामा जल बहुउपयोग गुरुयोजना सम्बन्धि तथ्यांक प्रमाणीकरण र योजना प्राथमिकीकरण का लागि दुई दिने कार्यशाला गोष्टी सुरु भएको छ ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्टको अध्यक्षतामा सुुरु भएको कार्यशाला गोष्टीमा पालिका स्तरिय जल उपयोगको सेवास्तर खाने पानी सिचाई उर्जा र बातावरणको बतर्मान अवस्थाको जानकारी गराइनुुका साथै वडास्तरीय योजना तर्जुुमा गोष्ठीबाट निर्णय भएका जल उपयोग गुरुयोजना तर्जुमाका तथ्यांकहरु पनि प्रस्तुत गरिने बताइएको छ । गोष्ठीमा पालिकाका विभिन्न वडाका वडा अध्यक्ष विषयगत शाखाका प्रमुख लगायतको उपस्थिति रहेको छ ।