कमलबजार , कार्तिक ५ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कमलबजार नगरपालिका अछाम ले संकलन गरेको रकम डुंगालामा पहिरोले घर भत्केर ५ जना सदस्य गुमाएका गोपाले दमाई( थिउरे) लाई पचास हजार र प्रत्येक वडाको सिफारिसमा प्रत्येक वडाका एक जना लाई जनही पाँच हजार का दरले राहत रकम हस्तान्तरण गरिएको उपशाखा कमलबजारका सभापति गोविन्द ढकालले जानकारी दिनुभयो । राहत हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका कार्यबाहक नगर प्रमुख शारदा कुमारी बिष्ट , ८ नं वडा अध्यक्ष प्रजा बहादुर बोगटी , रेडक्रस अछामका महामन्त्री धुर्व शाही , सदस्य कम्मान सिंह चलाउने लगायतको उपस्थिती रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय