कमलबजार , कार्तिक १८ ।
कमलबजार नगरपालिका वडा नं ८ मा भाद्र ३१ गते पहिरोले घर भत्केर ज्यान गुमाएका परिवार लाई राहत स्वरुप साँउद परिवारले संकलन गरेको १४ हजार चार सय रकम हस्तान्तरण गरेको छ । आज वडा कार्यालयमा वडा अध्यक्ष प्रजा बहादुर बोगटीको रोहवरमा हस्तान्तरण गरिएको चक्र बहादुर साँउदले जानकारी दिनुभयो । कमलबजार नगरपालिका वडा नं ८ डुङ्गालामा स्थाइ ठेगाना भई हाल रोजगारीको सिलसिलामा भारतमा रहेका साँउद परिवारका सदस्यहरुले मृतक परिवार लाई राहत स्वरुपसो रकम संकलन गरिएको रकम मृतक गम्भीर दमाईका बुवा गोपाले दमाई लाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय