हिक्मत नेपाली
कमलबजार, कार्तिक १९ ।
ईलाका प्रहरी कार्यालय कमलबजार र कमलबजार नगरपालिकाको साझेदारीमा आज कमलबजारको सरसफाई गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बजारको सरसफाई गरिएको ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज भाष्कर चन्द्रले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो । बर्षातको समयमा आएको विपतका कारण सरसफाई अभियान लाई निरन्तरता दिन नसकिएकोले अब देख्री हप्तामा एक दिन नियमित सरसफाई गरिने र दुई महिना भित्रै डम्फीङ साईड निर्माण कार्यको थालनि गरिने नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भयो । संघ तथा प्रदेश सभा निर्वाचनका लागी खटिएका म्यादी प्रहरी लगायतको सअभागीतामा सम्पन्न भएको बजार सरसफाई कार्यक्रम अन्तर्गत बजार क्षेत्रमा भएको फोहोर उठाएर खाल्डोमा गाडिएको प्रमख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय