
निर्मल राजा २०७९ कार्तिक २३,
डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज भित्र रहेको खप्तड बाबा क्षेत्र आसपासलाई केन्द्रबिन्दु भएर ६.६ रेक्टरको भूकम्पले डोटीमा ६ जनाको ज्यान जानुका साथै बभिन्न स्थानका घरमा क्षति भएको छ ।
मंगलबार मध्यराति डोटीमा भूकम्प जाँदा घर भत्किएर पूर्वी चौकी गाउँपालिका–३ गैरा गाउँका ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गैरा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा , ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरी बोहरा रहेका छन् ।
खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको छ।