कमलबजार, कार्तिक २३ ।
अछाम जिल्लाको कमलबजारमा मोटरसाइकलले ठक्कर दिदा एक बालिका घाइते भएकि छिन । कमलबजार बाट अर्घाखाँची तर्फ जाँदै गरेको लु ४५ प ३६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकल चालक सलिम अलि लाई ईलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको बताएको छ । घाइते हुनेमा कमलबजार नगरपालिका वडा नं ९ स्थायी ठेगाना भई कमलबजारमा बस्दै आएका भरत बटालाकी ६ बर्षिया छोरी पुजा बटाला रहेकि छिन । उनको प्राथमिकता स्वास्थ केन्द्र कमलबजारमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय