२०७९ मङ्सिर,६
काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह विजयी भएका छन्।
सिंहले ७ हजार १४० मत पाएका हुन भने उनी निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा का रवीन्द्र मिश्रले ७ हजार ११ मत ल्याएका हुन् । सिंहले मिश्रलाई १२९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
मङ्सिर ४ गते सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो। उनी चौथो पटक निर्वाचित भएका हुन् ।
नेता प्रकाशमान सिंह लौह पुरुष गणेशमान सिंहका छोरा हुन् ।
ADVERTISEMENT