
सुवास अधिकारी /हिक्मत नेपाली ।
कमलबजार मसिर ०९ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कमलबजार नगरपालिकामा उद्घाटन गरिएको छ । नगर उप–प्रमुख सारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमले १६ दिन सम्म लैङ्गिक हिंसा संग सम्बधीत बिभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने भएको हो ।
“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान” भन्ने मुल नारा दिईएको अभियानको आज नगर उप–प्रमुख सारदा कुमारी बिष्ट कुँवरले एक कार्यक्रमका बिच उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख कुँवरले समाजमा जडा गाडेर बसेको महिला हिंसा न्युनिकरण गर्न बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गरेर जनचेचना फैलाउनु पर्ने कुरामा जोड दिईन् ।
यस लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले गाँउ समाजमा हुने बिभिन्न महिला हिंसाको अन्त्य गर्न सबै सरोकारवाला निकायले सहयोग गर्नुपर्ने धाराणा राखिन् । नोभेम्बर २५ अर्थात मंसिर ९ गते देखि डिसेम्बर १० अर्थात मंसिर २४ गते सम्म संचालन हुने यस अभियानले घरेलु हिंसामा महिला बढि पर्ने भएकाले यस लाई न्युनिकरण गर्न सहयोग पुर्याउने बिश्वास कमलबजार नगरपालिका ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाईले ब्यक्त गरे ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रमको उद्घाटन समारोहमा नगरपालिकाका बिभिन्न बिषयगत शाखाका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज तथा प्रहरी निरिक्षक भाष्कर चन्द, यहाँ स्थित बिभिन्न बिकास साझेदार संघ–संस्थाका प्रतिनिधी, संचारकर्मी लगायत सरोकारवालको सहभागिता रहेको कार्यक्रमको संचालन महिला बाल बालिका शाखा प्रमूख डम्मर ढुंगानाले गरेकी हुन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान का बिषयमा कमलबजार नगरपालिका प्रशासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाइले प्रकाश पार्नु भएकाे थियाे ।