हिक्मत बहादुर नेपाली
कमलबजार, मंसिर १४ ।
सुदूरपश्चिम समाज दक्षिण कोरिया बाट संकलित राहत रकम आज एक कार्यक्रमका विच कमलबजारमा पिडित लाई हस्तान्तरण गरिएको छ । समाज द्वारा अछाममा भाद्र ३१ गते राति अविरल बर्षाका कारण पहिरोले घर भत्किएर आफन्त गुमाएका परिवारका लागि संकलन गरिएको रकम कमलबजार बहुमुखी क्याम्पसका प्रशासन शाखा प्रमुख लोक बहादुर बिष्ट मार्फत कमलबजार मिडिया प्रा लि तथा वडा अध्यक्षको रोहबरमा हस्तान्तरण गरिएको हो । यश अघि ढकारी, तुर्माखाँदका बाढी पिडित लाई रकम हस्तान्तरण गरिएको र आज कमलबजार नगरपालिकाका बाढी पिडित लाई हस्तान्तरण गरिएको विष्टले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटी, वडा सदस्य मीन बहादुर भण्डारी , रेडक्रस उपशाखा कमलबजारका सचिव खड्क बिष्ट लगायतको उपस्थिति रहेको थियो । कमलबजार मिडिया प्रा लिको कार्यालय परिसरमा भएको रकम हस्तान्तरण कार्यक्रममा बिष्टले बोल्दै दक्षिण कोरिया बाट राहत पठाउने समाजका उपाध्यक्ष तथा विपद व्यवस्थापन समिति संयोजक जनक बिष्ट लगायत समाजका सबै पदाधिकारी तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय