हिक्मत नेपाली
कमलबजार,मंसिर १७ ।
३१ औँ अन्तर्राष्ट्रिय अपांङ्ग दिवसका अवसरमा अपांगता भएका सम्बन्धित व्यक्तिका हक अधिकार र लैंगिक हिंसा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम कमलबजार नगरपालिका अछाममा सम्पन्न भएको छ । समावेशी विकासको लागि रूपान्तरण समाधान विश्वका लागि उर्जावान सृजनशीलताको प्रावधान मूल नारा सहित ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको महिला तथा बालबालिका शाखा प्रमुख डम्बरा ढुङ्गानाले जानकारी दिनुभयो ।
कमलबजार नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता नगर स्तरिय अपांग सञ्जालका अध्यक्ष खिन्ते विकले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा नगर उपप्रमुख शारदा कुमारी विष्ट रहनुभएको थियो।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख विष्टले समाजमा अन्य वर्गको तुलनामा अपाङ्गहरू थप ओझेलमा परेका हुनेभएकोले राज्यले अपाङ्गलाई मध्येनजर गरी विशेष कार्यक्रम ल्याउनुपर्ने र पालिकाले पनि आगामी दिनमा अपांगता भएका व्यक्ति लाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने बताउनुभयो ।कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट , विभिन्न अपाङ्गता भएका व्यक्ति, कमलबजार नगपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गानाले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय