हिक्मत नेपाली
कमलबजार,मंसिर २४ ।

कमलबजार नगरपालिकाको आयोजनामा लैंगीक हिंशा बिरुद्धको १६ दिने अभियानको समापन समारोहमा आज शनिबार देउडा प्रतियोगीता सम्पन्न भएको छ । नगरपालिकाको महिला तथा वालबालिका शाखाले जानकारी दिए अनुसार प्रतियोगीतामा कमलबजार नगरपालिका वडा नं ७ को देउडा टिम प्रथम भएको छ । प्रतियोगीतामा प्रथम हुने टिमले ६ हजार तथा प्रमाणपत्र प्राप्त गरेको छ ,कमलबजार नगरपालिका वडा नं २ को टिम द्धितिय भएको छ सो टिमले ५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ र कमलबजार नगरपालिकाका वडा नं ५ को टिम तृतिय भएको छ । सो टिमले ३ हजार नगद तथा प्रमाणपत्र पुरस्कार हस्तान्तर गरिएको महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुंगानाले जानकारी दिनुभयो । यस्तै
सहभागी अन्य देउडा टिम लाई यातायात खर्च बाफत २ हजार नगद समेत प्रदान गरिएको थियो । । कमलबजार जगरपालिकाका नगरउपप्रमुख शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । कमलबजार नगरपालिका कार्यालयको प्राङ्गणमा सम्पन्न भएको लैंगीक हिंशा बिरुद्धको १६ दिने अभियानको समापन समारोहमा सम्पुर्ण राजनितीक दलका प्रतिनिधी ,शिक्षक , बिद्यार्थी ,संघ संस्थाका प्रतिनिधि,स्वास्थ्यकर्मी, बिभिन्न संजालका प्रतिनीधी ,सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत जनप्रतिनिधी र कर्मचारीलाई उपस्थित रहेको थियो ।। रेडियो के बि एम एफ.एम.ले कार्यक्रमको प्रत्यक्षे प्रशारण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय