चन्द्र प्रसाद भाट,मंसिर २५ अछाम । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन २०७९ मा अछाम जिल्लामा ३ दलिय गठबन्धनको अगाडि नेकपा एमाले अछामले सम्मानित मत प्राप्त गरेको निष्कर्स निकाल्दै नेकपा एमाले अछाम क्षेत्र नम्बर २ क्षेत्रीय समन्वय कमिटीको बैठक कमलबजारमा सम्पन्न भएको छ । समन्वय कमिटीका संयोजक नन्दसिंह चलाउनेको अध्यक्षतामा भएको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य कटक साउँद प्रमुख अतिथि रहनुभएको थियो ।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेको पक्षमा के कती मत प्राप्त भयो भन्ने विषयमा ४ ओटै पालिकाका पार्टी इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । ३ दलिय गठबन्धन एमाले भन्दा करिब १० हजार मतले अगाडि हुँदा पनि पनि मतदाताले एमालेको पक्षमा मतदान गरेको बैठकले निष्कर्स निकालेको हो ।

गठबन्धनको अघि एमाले अछामले सम्मानित मत पाएको भन्दै अछाम जिल्लामा एमालेको संगठनलाई अझै बलियो बनाउन सबैले आफ्नो तर्फबाट सक्रियता देखाउने निर्णय समेत बैठकले गरेको छ । आगामी दिनमा एमालेको संगठनलाई मजबुत बनाउन सबैले एकठाउँमा नउभिने हो भने आगामी निर्वाचनमा पनि एमाले अछामको अवस्था झन नाजुक बन्ने बैठकमा सहभागी नेता तथा कार्यकर्ताले बताएका छन । अहिलेको यो अवस्थालाइ सुदृढीकरण गर्न पार्टीमा गम्भीर छलफलको आवस्यकता रहेको सहभागीको सुझाव थियो ।
एमाले अछामको संगठनलाई जुझारु तवरले सन्चालन गर्न पार्टी नेतृत्व चुकेको भन्दै आगामी दिनमा यस्तो नगर्न नेतृत्वलाई सहभागीले सुझाव दिएका छ्न । अछाम जिल्लामा रहेका २ वटै निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा पराजित भएको एमालेको समानुपातिक प्रणालीमा पनि पार्टीको केन्द्रिय नेतृत्वले उपेक्षा गरेको भन्दै उक्त निर्णय तत्काल सच्याउन जिल्ला पार्टी नेतृत्वले पहल गर्नुपर्ने समेत सहभागीको भनाइ थियो ।
बैठकमा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका सुदूरपश्चिम प्रदेश कमिटिका सचिवालय सदस्य कटक बहादुर साउँदले यो पराजय बाट पाठ सिक्दै आगामी दिनहरुमा हुने निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा उभ्याउन सबै कार्यक्रताले काम गर्नुपर्नेमा जोड दिए । एक अर्काप्रति दोषारोपण गर्नुभन्दा पनि सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारी लिने हो भने पार्टी चलायमान हुने बिश्वास व्यक्त गर्नुभयो । टोल तहदेख नै सहि रिपोटिङ् सहित सबैले जिम्मेवारी तवरले काम गर्नुपर्ने उहाँको भनाई छ ।
बैठकमा संक्षिप्त मन्तब्य राख्नुहुँदै एमाले अछामका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराले नेतृत्वकै कारण जिल्लामा पार्टीले पराजय भोग्नुपरेको भन्ने तर्क आधारहिन भएको टिप्पणी गर्नुभयो । जिल्लाको पार्टी नेतृत्वले जिम्मेवारीका साथ काम गरिरेहको स्मरण गर्दै उहाँले सबैले नैतिक जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । आगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन अहिलेदेखि नै प्रयास गर्नुपर्ने भन्दै बोहराले टोल तहदेखि नै सबै सक्रिय बन्नुपर्ने भनाई राख्नुभयो ।
बैठकमा बोल्नुहुँदै एमाले अछामका सचिवव भीम बहादुर रावल कोलोटोपीले गठबन्धनकै कारण अछाममा पार्टीले पराजय भोग्नुपरेको भन्दै आगमी दिनहरुमा पार्टीको संगठनलाई बलियो र चलायमान बनाउनका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । टोल देखि जिल्ला तहसम्मका सबै नेता तथा कार्यक्रताहरुले सक्रियतापूर्वक का मगर्न सकेको खण्डमा पार्टी मजबुत बन्ने उहाँको तर्क थियो ।
यस्तै बैठकले पुस १५ गते भित्र सबै कार्यक्रताले आफ्नो सदस्यता नविकरण गरिसक्नुपर्ने निर्णय गरेको छ । वडातहका बैठकहरु सम्पन्न गरि आफ्नो सदस्यता जविकरण गर्ने निर्णय समेत गरिएको बताइएकोे छ । यसैबिच गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनका क्रममा पञ्चदेवल बिनायक नगरपालिका वडा नः ४ सिथ्त विनोद शाहीको हत्या भएपछि पिडामा भएको मृतक शाहीको परिवारलाई राहात स्वरुप आज २९ हजार १ सय ८५ रुपैयाँ सहयोग संकलन गरिएको छ । राजनितिक प्रतिशोध राखि बिनोदको निर्मम हत्या गरिएको बिनोदका आफन्तहरुले दाबि गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय