कमलबजार, मंसिर २६ ।
स्थानीय तहको खानेपानी , सरसफाइ तथा स्वच्छता र जैविक विविधता संरक्षण क्षेत्रको संस्थागत क्षमता र स्व-मुल्यांकन सम्बन्धि २ दिने अनुशिक्षण कार्यक्रम आज कमलबजार नगरपालिकामा सुरु भएको छ । कमलबजार नगरपालिकाका कार्यबाहक नगरप्रमुख शारदा कुमारी बिष्ट (कुँवर)को अध्यक्षता सरु भएको कार्यक्रम भोलि सम्म चल्ने खानेपानी सरसफाइ शाखा फोकल पर्सन पवित्रा भण्डारीले जानकारी दिनुभयो । कमलबजार नगरपालिकाको आयोजनामा भईरहेको कार्यक्रम कर्णाली जलपरियोजना सहयोग तथा सहजिकरणमा भई रहेको छ । अनुशिक्षण कार्यक्रममा कर्णाली जलपरियोजनाका सल्लाहकार बिष्णु पोखरेलले कार्यक्रमको उदेश्य र परियोजनाका विषयमा जानकारी गराउनु भयो । कमलबजार नगरपालिकामा हाल सम्म ५३ प्रतिशत नागरिक मात्र खानेपानीको सुविधा पुगेकोले सुदूरपश्चिम प्रदेशको खानेपानीमा सबैभन्दा कम पहुँच भएको पालिका रहेको समेत पोखरेलले जानकारी गराउनुभयो । अछाम जिल्लामा सकै भन्दा बढी सहज खानेपानीको पहुँच चाैरपाटी गाउँपालिका रहेको छ त्यहाँ कुल जनसंख्या मध्ये ९६ प्रतिशत जनसंख्या सहज खानेपानीको पहुँचमा ,रहेका छन । त्यस्तै अछाम जिल्लाको समग्र तथ्यांक हेर्दा ७६ प्रतिशत जनतामा खानेपानीको पहुँच रहेको छ भने सुदूरपश्चिम प्रद्रेशका कुल मध्ये ८७ प्रतिशत जनतासम्म मात्र खानेपानीको पुगेको बताएको छ ।
प्रतिव्यक्ति ६५ देखि १०० लिटर पानी दैनिक आवश्यक पर्ने भए पनि त्यो उपलब्ध हुन नसकेको कर्णाली जलपरियोजनाका संयोजक लोकेन्द्र ओलीले बताउनु भयो । साथै उहाँले खानेपानीको समस्या समाधानका लागि सवै तह र तप्कामा समन्वय भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
अनुशिक्षण कार्यक्रममा कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद बजगाईले स्वागत मन्तव्य राख्नु भयो ।
कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , पालिका विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारी लगायतको सहभागीता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय