कमलबजार, मंसिर २६ ।
कमलबजार नगरपालिकामा पेस्टो नेपाल शिखर नगरपालिका ७ डोटीले बाढी पिडित लाई राहत हस्तान्तरण गरेको छ । हेल्प नेपाल जर्मनी संस्थाको सहयोगमा बाढी पिडित १०६ जना परिवार लाई विभिन्न खाद्यान्न वितरण गरेको पेस्टो नेपाल का कार्यवाहक अध्यक्ष उपेन्द्र बहाहुर स्वार जानकारी दिनुभयो । राहत हस्तान्तरण कार्यक्रमका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो । यस अघि नै संस्थाले राहत वितरण गर्न खोजिए पनि निर्वाचन लगायतका कारण वितरणमा ढिलाई हुन गएको स्वारले बताउनु भयो । साथै संस्थाले भोली नै तुर्माखाद र ढकारीका बाढीपिडितलाई खाद्यान्नका सामाग्री हस्तान्तरण गर्ने समेत जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय