कमलबजार, मंसिर २७ ।
स्थानीय तहको खानेपानी , सरसफाइ तथा स्वच्छता र जैविक विविधता संरक्षण क्षेत्रको संस्थागत क्षमता र स्व–मुल्यांकन सम्बन्धि २ दिने अनुशिक्षण कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । तालिममा आज दोस्रो दिन बिभिन्न ५ वटा समूह निर्माण गरि समुहगत छलफल गरि योजना तयार गरिएको थियोे । निति तथा कानुन निर्माण, योजना तर्जुमा अनुगमन तथा पुनरावलोकन , संस्थागत व्यवस्था,वितिय व्यवस्था ,क्षमता विकास सम्बन्धि फरकफरक समुहगत छलफल गरि योजना निर्माण गरिएको पालिकाका खानेपानी तथा सरसफाइ फोकल पर्सन पवित्रा भण्डारीले गर्नु जानकारी दिनुभयो । कर्णाली जलपरियोजना का सल्लाहकार विष्णु पोखरलले खानेपानी तथा सरसफाइ व्यवस्थापनका क्षेत्रमा
श्रोतको अभाव नभएको तर हामीले काम गर्ने प्रवृत्ति लाई सुधार गर्नुपर्ने बताउनुभयो । साथै समग्र विकासका लागि पालिका भित्रका सबै शाखा हरुको अन्तरसम्बन्ध बढाउदै क्षमता विकास मा जोड दिनुपर्ने बताउनुभयो । अनुशिक्षण कार्यक्रममा सहभागी मध्ये बाट बोल्दै कमलबजार नगरपालिका वडा ५ बा वडा अध्यक्षले खानेपानी तथा सरसफाइ सम्बन्धि योजना बनाउनमा कार्यक्रममा भएका छलफलका विषय बस्तुले महत्त्वपूर्ण सहयोग गर्ने बताउनु भयो । दुई दिने अनुशिक्षण कार्यक्रमलाई समापन गर्दै कमलबजार नगरपालिकाका कार्यवाहक नगरप्रमुख शारदा कुमारी बिष्ट कुँवर भने पालिकाले आगामी दिनमा खानेपानी तथा सरसफाइका क्षेत्रमा योजनाबद्व तवरले काम गर्ने र यसकार्यका कर्णाली जलपरियोजनाले सहयोग गर्ने अपेक्षा राख्नुभयो । २ दिने कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , पालिकाका विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गानाले गर्नुभएको होे ।
यसैबिच
अछामको कमलबजार नगरपालिका सुदूरपश्चिमकै सहज खानेपानीमा कम पहुँच भएको पाईएको छ । अछामको पूर्वी क्षेत्रमा पर्ने १० वडा भएको यस नगरपालिकामा ५३ प्रतिशत जनसंख्यामा खानेपानीको सहज पहुँच पुगेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय