टेक बहादुर थापा
अछाम , पौष २० ।
केही दिन अघि विभिन्न पदका लागि भएको परिक्षा निष्पक्ष नभएको भन्दै रामारोशन गाउँपालिकामा तालाबन्दी गरेको आन्दोलनरत पक्षले आफ्ना माग पुरा नभए सम्म पालिकामा लगाएको ताला नखोलीने अडान लिएको छ । पालिकामा आवश्यक विभिन्न पदका लागि लगिएको परिक्षा निष्पक्ष नभएकाले पुन परिक्षा हुनुपर्ने, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको हालीमुहाली बन्द गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका युवाहरुले पालिकामा तालाबन्दी गरेका थिए । पुस १५ गते भएको परिक्षामा पालिका भित्रकै कर्मचारीका आफन्तहरु मात्रै उतिर्ण भएकाले उक्त नतिजा रद्धगरि पुन निष्पक्ष तरिकाले परिक्षा हुनुपर्ने माग गरेका छन । रामारोशन गाउँपालिकामा यस भन्दा अघिपनि यस्तै तरिकाले परिक्षा हुने र आवश्यक पदहरुमा आफु निकटका मान्छेलाई मात्रै नियुक्ती दिईदै आएकाले यो गलत प्रवृतिका विरुद्ध आफुहरुको आन्दोलन रहेको आन्दोलनरत पक्षका युवाहरुको भनाई छ । पालिकाले अहेब, ल्याब असिस्टेन्ट, सव ईन्जिनियर, सहायक नायव प्राविधिक र असिस्टेन्ट सब ईन्जिनियरका लागि सुचना आह्वान गरेको थियो । यी सबै ठाउमा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका आफन्तहरु मात्रै उतिर्ण भएकाले उक्त परिक्षा निष्पक्ष नभएको प्रमाणित भएको हुदा आफुहरु आन्दोलन गर्न बाध्य भएको स्थानीय युवा जगत साउदले बताउनुभयो । यो परिक्षा कुनैपनी हालतमा निष्पक्ष नभएको र प्रमुख प्रशासकीय अधिकृतकै ईशारामा संचालन भएको हुदा यस तर्फ जिल्लाका अन्य सरोकारवालाले पनि ध्यान दिनुपर्ने उनीहरुको माग रहेको छ । पालिकामा हुने हरेक कर्मचारी भर्नामा पालिकामा रहेको केही ब्यक्तिहरुको मात्रै हाली मुहाली हुने भएकाले यस्ता गलत गतिविधिका विरुद्ध आवाज उठाउन सरोकारवालालाई आन्दोलनरत पक्षले अनुरोध गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य ठाउबाट परिक्षा लिन गएका कर्मचारीहरु विच सेटीङ भएको छ, केही लेनदेनका कुरापनि भएका छन त्यस कारण पनि यो परिक्षा रद्ध गरिनुपर्ने आफुहरुको माग रहेको अर्का युवा सुरेश साउदले बताउनुभयो । आफु पनि ल्याब असिस्टेन्टको परिक्षार्ति भएको र पालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारी विच भएको सेटीङ थाहा पाएपछि आफु परिक्षा हलबाट १५ मिनेट मै बाहिरिएको साउदको भनाई छ । बुधबार आन्दोलनरत पक्षले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने युवाहरुले पालिकामा यस्ता कमजोरीहरु धेरै भएपनि कसैले आवाज नउठाउदा पालिकाबाट भएका गलत गतिविधिहरु बाहिर आउन नसकेको उहाहरुको भनाई छ । पालिकामा शिक्षक नियुक्ति देखी अन्य कर्मचारीको पदपुर्तिमा लेनदेनकै आधारमा मात्रै हुने गरेको आन्दोलनरत पक्षले आरोप लगाएको छ । पालिकामा भर्ना गरिएका अधिकांश कर्मचारी प्रमुख प्रशासकीय अधिकृतकै आफन्त र उहा निकटकै ब्यक्तिहरु मात्रै रहेको उनीहरुको आरोप छ । पालिकाका अन्य विकास निर्माणका कामहरु पनि प्रभावकारी नभएकोे र कमीशनको आधारमा योजनाहरु छनौट हुने गरेको समेत आन्दोलनरत युवाहरुको भनाई छ । उता गाउँपालिका स्रोतले भने पुस १५ गते पालिकामा भएको परिक्षा निष्पक्ष ढंगले भएको दाबी गरेको छ । आफुहरु उतिर्ण नभएपछि आवेगमा आएर केही युवाहरुले पालिकामा ताल लगाएको बताएको छ । तर पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले भने पत्रकारको फोन उठाउनु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय