सुवास अधिकारी ,कमलबजार पाैष २० ।
कमलबजार नगरपालिकाका नगर प्रमुुख यज्ञ प्रसाद ढकालले स्थानीय स्तरमा उत्पादित बस्तुुको प्रयोग गर्नुुपर्ने कुुरामा आम उपभोक्तलाई जोड्दिनुु भएको छ । बजारमा कतिपय व्यवसायीहरुले नाफा कमाउने उदेश्यले म्याद सकिएका सामाग्राी बिक्री बितरण गर्न सक्ने बताउदै नगर प्रमुुख ढकालले उपभोक्ता यस्ता कुुरामा सचेत बन्नुुपर्ने बताउनुुभएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुुदुुरपश्चिम प्रदेश धनगढी कैलालीको आयोजामा भएको स्थानीय तहमा उपभोक्ता हक अधिकार सम्बन्धी जन जागरण कार्यक्रमको प्रमुुख अतिथीको आसन बाट बोल्दै ढकालले कमलबजार नगरपालिका भौतिक पुुर्वाधार विहिन रहेको बताउदै प्रदेश मन्त्रालय बाट बनाइने योजानामा नगरपालिकालाई प्राथमिकतामा राखिदिन पनि अनुुरोध गर्नुुभएको छ ।
कमलबजार नगरपालिकाका उपप्रमुुख शारदा कुुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण मन्त्रालय सुुदुुरपश्चिम प्रदेश धनगढी कैलाली उप सचिव तथा कार्यक्रमका बिशिष्ट अतिथी समेत रहेका उप सचिव जनक उपाध्याय रहनु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले स्थानिय तह संग मिलेर अगाडी बढने बताउनु भयो । उपाध्यायले बजार अनुगमनको पाटो लाई पनि फराकिलो बनाउनु पर्ने कुरामा जोड दिनुभयो । आम नागरिकलाई शुसुचित गर्ने सरकारको दायित्व भएकाले कर्मचारीलाई निर्धक काम गर्न आग्रह गर्नू भयो ।
कार्यक्रममा कानुुन अधिकृत विजय राज ओझा, खाद्म निरिक्षक कुुमार भण्डारी लगायतले उपभोक्ता अधिकार कानुुनी मान्यताको बारेमा सहभागिताहरुलाई प्रशिक्षण गराएका थिए । कार्यक्रममा कमलबजार नगरपालिका प्रमुुख प्रशाशासकीय अधिकृत खड्क बहादुुर बिष्ट, विभिन्न शाखाका प्रमुुख एवम प्रतिनिधि, १० वटै वडाका वडाअध्यक्ष, विभिन्न गैरसरकारी संस्थाका प्रमुुख एवम प्रतिनिधि, बिभिन्न बिध्यालयका प्रधाध्यापक, व्यापारी, व्यबसाय, सरोकारवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो ।