शुवास अधिकारी, कमलबजार,पाैष २० ।
कमलबजार नगरपालिकाका एम.आई. एस अपरेटर लक्ष्मण बहादुर बिष्टले सामाजिक शुरक्षा भत्ता तथा ब्यक्तिगत घटना दर्ता कार्य प्रभावकारी ढंगले अगाडी बढिरहेको बताउनु भएको छ । रेडियो के.बि.एम. को बहसमूलक कार्यक्रम के.बि.एम. बहसमा कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । दोस्रो त्रैमासिक सामाजिक शुरक्षा भत्ता अब लगत्तै बैङ्कमा जाने र त्यसपछि बैङ्कले आफ्नो किसिमले वितरण कार्य सुरु गर्ने बिष्टले बताउनु भएको छ ।
नगरपालिकाले यसका लागी गर्नु पर्ने काम लगभग ९५ प्रतिशत सकिसकेको पनि रेडियो के.बि.एम.लाई जानकारी गराउनुभयो । केहि कारणले नगरका कुनै वडा कार्यालय बाट ब्यक्तिगत घटना दर्ता हुन नसकेको अवस्थामा नगरपालिकाको एम.आई. एस शाखाबाट नै काम गर्ने गरेको र आवश्यक सहजिकरण पनि गर्ने गरेको एम.आई. एस अपरेटर बिष्टले जानकारी दिनुभयो । कमलबजार नगरपालिकामा दोस्रो त्रैमासिक किस्ताका लागी सामाजिक शुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या करिब ५ हजार ९ सँय ३६ रहेको उहाँले बताउनु भयो ।
जसमा अन्य ज्येष्ठ नागरिक १ हजार ४ सँय ९१, ज्येष्ठ नागरिक दलित २ सँय ४०, ज्येष्ठ नागरिक एकल महिला १ सँय ४५, विधवा महिला ३ सँय ६५, क बर्गका अपाङ्गता भएका ब्यक्ति ६४, ख बर्गका ७५ रहेका उहाँले बताउनु भयो । त्यस्तै बिष्टले जानकारी दिए अनुसार नगरपालिकामा क्षेत्र तोकिएका बालबालिकाको संख्या २ हजार ३ सँय ६५, दलित बालबालिका १ हजार १ सँय ९४ गरि जम्मा ५ हजार ९ सँय ३६ जना रहेको बताउनु भयो ।
बालबालिकाको उमेर पुगे पछि सामाजिक शुरक्षा भत्ता स्वतः नपाईने र बालबालिका जन्मेपछि थपिने भएकाले वा कोहि लाभग्राहीको मृत्यु भएपछि पनि संख्यामा थपघट हुने भएकाले ठयाक्कै यति नै भनेर भन्न नसकिने पनि बिष्टले जानकारी दिनुभयो । कमलबजार नगरपालिकाका एम.आई. एस अपरेटर बिष्टले जन्म, मृत्यु, बसाई–सराई र सम्बन्ध बिच्छेद लगायत ब्यक्तिगत घटना तुरन्त दर्ता गर्न नगरबासी सबैलाई आग्रह गर्नुभयो ।
केहि घटना भएको ३५ दिन भित्र दर्ता गराए पछि कुनै शुल्क नलाग्ने भएकाले पनि समयमै दर्ता गर्न पनि उहाँको सुझाब छ । समयमै ब्यक्तिगत घटना दर्ता गर्न अझै पनि समयमै नागरिक नआउने भएकाले नागरिक स्तरमा जनचेतनामूलक कार्यक्रम गर्नू पर्नेमा जोड दिनुभयो । हरेक बर्ष ब्यक्तिगत घटना दर्ता सप्ताह मनाउने प्रचलन रहेको बताउँदै एम.आई.एस. अपरेटर बिष्टले सम्भवतः आउँदो बैशाख १ देखि ८ गते सम्म मनाउने पनि जानकारी दिनुभयो ।
नगरिकका थूप्रै गुनासो एम.आई.एस. शाखामा आउने गरेको भनाई राख्दै बिष्टले आफ्नो शाखाले भर्सक समाधानका लागी प्रयास गर्ने गरेको बताउनु भयो । एक फरक प्रसंगमा कुरा गर्दै बिष्टले नगरपालिकामा आवश्यक जनशक्ति अभावका कारण पनि सेवाग्राहीका काम कार्वाही छिटो छरितो हुन नसकेको स्विाकार्दै यस बिषयमा नगरपालिकाले बेलैमा सोच्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय