
शुवास अधिकारी
कमलबजार,पौष २३ ।
बाल विवाह न्युनिकरणका लागि १ दिने रणनितिक योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
बाल विवाह न्युनिकरणका लागि १ दिने रणनितिक योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठीको अध्यक्षको आशनबाट बोल्देै नगर प्रमुख ढकालले यसका लागी थुप्रै चुनौती रहेको बताउनु भयो । थुप्रै चुनौती रहे पनि समस्या समाधानका लागी नगर सरकार र वडा सरकारले बिशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै नगरप्रमुख ढकालले बालविवाह न्युनकिरणका लागी नगरपालिकाले ५ बर्षिय रणनिती बनाएर अगाडी बढनु पर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यशाला गोष्ठीमा बालविवाह अन्त्य सम्बनधि कानुनि तथा नितिगत व्यबस्थाका बारेमा छलफल गरिएको छ । जनचेतनाको कमि, अशिक्षा, गरिबिका कारणा बालविवाहमा बृध्दि भईरहेको एक कार्यक्रम का सहभागिले बताएका छन् । शुक्रबार कमलबजार नगरपािलका मा आयोजित सो कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले वालविवाह लगायत अन्य सामाजिक कुरितिको अन्त्य गर्ने जिम्मेवारी स्थानिय तह र विशेष गरि वडा सरकारलाई दिईएको भएपनि वालविवाह न्युनिकरणमा थुप्रै चुनौति रहेका पनि बिभिन्न वडाका वडाअध्यक्षले बताएका छन् । कार्यक्रमका सहभागीले नगरपालिकाका कतिपय विध्यालयहरुमा बिध्यार्थि र तिनका अभिभावकलाई संगै राखेर जनचेतनामूलक कार्यक्रम गरिनु पर्नेमा पनि सुझाब दिएका छन् ।
यस्तै सहभागिले जुन बालवालिकाका अभिभावकले उमेर पूरा नभई बिबाह गर्न प्रोत्साहन गर्छन् वा गर्न लगाउछन् तिनलाई राज्यकोषबाट पाउने सेवा सुबिधा लाई वन्चित गर्नु पर्ने तर्फ पनि सचेत गराएका छन् ।
कार्यक्रममा नगर उपप्रमूख सारदा कुमारी बिष्ट बिशिष्ट अथिती रहनु भएको थियो । यस्तै वडा नं ३ का वडा अधयक्ष नन्दसिंह कुवर, वडा नं ४ वडाध्यक्ष मीन बहादुर साउद, ५ का वडाध्यक्ष सत्यराज तिमिल्सिना, वडा नंं. ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटी, ९ का वडाध्यक्ष कमल प्रसाद बजगाई, कार्यपालिका सदस्य, नगरपालिका स्थित विभिन्न शाखाका प्रमुख एवंम् प्रतिनिधि, महिला तथा बालबबालिका शाखा प्रमुख डम्मर ढुंगाना, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी सहायक निरिक्षक कुल बहादुर खड्का, आस्था नेपालका बाल संरक्षण फोकल पर्शन लभजंग कुवर, नगर स्तरिय बाल संजालका अध्यक्ष सीता थापा, संचारकर्मि र सरोकारवाला लगायतको सहभागिता रहेको कार्यक्रम को संचालन खानेपानी तथा सरसफाइ शाखा प्रमुख पबित्रा भण्डारीले गर्नु भएको हो ।
महिला तथा बालबालिका शाखा कमलबजारको आयोजना तथा युनिसेफको आर्थिक सहयोगमा बाल विवाह न्युनिकरणका लागि १ दिने रणनितिक योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम कमलबजारमा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण प्रेम बुढाले गर्नू भएको थियो ।