
पौष २३, २०७९,
जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम बहादुर कलेलको निधन भएको छ ।
मिर्गौला र कलेजेको बिरामी रहेका उनी एक महिनादेखि काठमाडौंको वीर अस्पतालमा उपचाररत थिए ।
उनको उपचारका क्रममा शनिबार दिउँसो साढे १ बजे वीर अस्पताल काठमाडौंमा निधन भएको हो ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ लिक्मा निवासी ५२ वर्षिय कलेल नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए ।
उनको शव शनिबार नै काठमाडौंबाट गृहनगर मसुरियाको बढैपुरमा ल्याउने तयारी भइरहेको छ ।
कलेलको निधनमा नेपाली कांग्रेस कैलालीले एक दिन (आइतबार) पार्टीको झण्डा झुकाउने निर्णय गरेको कांग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्टले बताए ।