हिक्मत नेपाली
कमलबजार ,पौष २३ ।
आज बसेको आमभेलाले सामुदायिक वन संरक्षणका लागी विभिन्न निर्णय गरेको छ ।कमलबजार नगरपालिका वडा नं ८ ढाँकुका वडा अध्यक्ष प्रजा बहादुर बोगटी अध्यक्षतामा वडा भेला बसी सामुदायिक वन संरक्षणका लागी विभिन्न निर्णय गरिएको हो । वडा स्थिीत सम्पुर्ण सरोकारवालाको सहभागीतामा भएको भेला बाट वडामा अवस्थित ४ वटा सामुदायिक वनको संरक्षण तथा परिचालनका लागी अनुगमन समिती गठन गरिएको छ । वडा सदस्य झंकर बिष्टको संयोजकत्वमा १३ सदस्यीय अनुगमन समिती गठन गरिएको हो । आज बसेको वडा भेलाले आजको मितीबाट वडामा अवस्थीत सामुदायीक बन बाट ढुङ्गा, गिट्टी ,काठ लगायतका बस्तु वडा भन्दा वाहिर निकासीमा रोक लगाउने निर्णय गरिएको छ । त्यस्तै बन फडानी गर्नेको पनी कडाईका साथ निगरानी गरिने भएको छ । यस्तै यस गठित सामुदायिक वनका उपभोक्ता समितिलाई निरन्तरता दिदै आगामी दिनमा अझै सक्रिय बनाएर लगिने वडा अध्यक्ष बोगटीले बताउनु भयो । आजको भेलामा वन निरिक्षक हंश राज भाटको बिशेष उपस्थिती रहेको थियो । निरिक्षक भाटले भेलामा बोल्दै सामुदायिक वनको संरक्षणका लागी आम उपभोक्ताले लाग्नुपर्ने बताउनु भयो । वडाको क्षेत्र भित्र तिखा थुम जारिम खेत, पाँचुली, सुन्दर सामुदायिक र चौकेगडा, वन उपभोक्ता समिती रहेका छन । पछिल्लो वन फडानी भैरहेको गुनासो बडे पछी भेला बोलाएर वन उपभोक्ता लाई थप सक्रिय बनाउन पहल गरिएको वडा अध्यक्ष बोगटीले बताउनु भयो । साथै वडा अध्यक्ष वोगटीले आगामी बर्ष देखी सामुदायिक बनको संरक्षण तथा रेखदेखका लागी वडाले बन चौकिदारको समेत व्यवस्था गर्ने बताउनु भयो ।
भेलामा सहभागीले वडा स्थित सामुदायीक बनको बन फडानी चोरी निकासी लगायतका समस्या हरुको बिषयमा आआफ्नो धारणा राखेका थिए । समस्या समाधानका लागी बन कार्यालय तथा वडा कार्यालयले बिशेष पहल गर्नुपर्ने सहभागीको जोड थियो । भेलामा बिभिन्न राजनितिक दलका प्रतिनिधी, वन उपभोक्ता समितीका पदाधिकारी, शिक्षक बुद्धिजिवी,सञ्चारकर्मी लगायतको उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय