
सुवास अधिकारी
कमलबजार पाैष २३ ।
बाल संरक्षणमा थुप्रै चुनौती रहेका एक कार्यक्रमका सहभागिले बताएका छन् । कमलबजार नगरपािलकाको महिला तथा बालबालिका शाखा को आयोजनामा सुरु बाल संरक्षण र लैङ्गिक हिंसाको घटना व्यवस्थापन सम्बन्धि निर्वाचित प्रतिनिधि हरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
बालविवाह न्युनिकरण, बालश्रम रोकथाम,बिचैमा विध्यालय छाड्ने बालवालिकाको संख्या न्युनिकरण गर्न सरोकारवाला सबैले एक भएर अगाडि बढ्नु पर्ने देखिन्छ । परम्परागत हानिकारक अभ्यासका कारण पनि बाल संरक्षण चुनौतीपुर्ण बन्दै गईरहेकोे छ ।
कमलबजार नगरपालिकाका नगर उप–प्रमुख तथा नगर स्तरीय बाल अधिकार समिती संयोजक सारदा बिष्ट कुँवरको अध्यक्षतामा सो कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा नगर उप प्रमुख सारदा बिष्ट कुवँरले यस्ता कार्यक्रमले प्रत्येक वडाबाट सहभागि जनप्रतिनिधी हरुलाई आफनो आफनो वडाका बालबालिकाको अवस्थाको बारेमा बुभ्mन, बुझाउन सजिलो हुने धारणा राख्नुभयो । यस्तै उहाँले बाल संरक्षणका लागी आगामी दिनमा ठोस कार्य योजना बनाएर अघि बढने बताउनु भयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासिय अधिकृत खडग बहादुर बिष्टले बालविवाह न्युनिकरणका लागि समस्या संग नडराई समाधान गर्न तिर लाग्नु पर्ने बताउँदै २० बर्ष पूरा गरि बिवाह गर्नेलाई प्रोत्साहनका कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो । नगरपािलकामा बाल श्रमिकको संख्या छिटफुट भएपनि त्यो संख्या शुन्यमा झार्न नगरबासि सबैको साथ सहयोगको आवश्यकता आंैल्याउनु भयो ।
नगरपालिका भित्र बालबालिकाको सम्पुर्ण अवस्थाको बारेमा छलफल र अभिमुखिकरण गरिएको छ । विशेष गरि बालबालिकाका नैसर्गिक अधिकारका बारेमा नवनिर्वाचित जनप्रतिनिधि हरलाई जानकारि गराईएको हो ।
कमलबजार नगरपालिका अन्तरगतको महिला तथा बालबालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा सञ्चालित २ दिने अभिमुखिकरण कार्यक्रमको सहजिकरण प्रेम बुढा र आस्था नेपालका बाल संरक्षण फोकल पर्शन लभजंग कुवँरले गरिरहनु भएको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई बालविवाह अन्त्य गर्ने लक्ष्य लिए पनि त्यो किसिमले काम भने हुन सकेको छैन् । यसका लागी सबैको भुमिका महत्वपूर्ण हुने सरोकारवाला बताउँछन् ।
कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, न्यायिक समिती उजुरी प्रशासक पबित्रा भण्डारी, संचारकर्मी लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमूख डम्मर ढुंगानाले गर्नू भएको हो । कार्यक्रम भोली आईतबार सम्म चल्ने बताईएको छ ।