शुवास अधिकारी

कमलबजार, पौष २४ ।
बाल संरक्षणमा थुप्रै चुनौती रहेका एक कार्यक्रमका सहभागिले बताएका छन् । कमलबजार नगरपािलकाको महिला तथा बालबालिका शाखा को आयोजनामा आज आईतबार सम्पन्न बाल संरक्षण र लैङ्गिक हिंसाको घटना व्यवस्थापन सम्बन्धि निर्वाचित प्रतिनिधि हरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
बालविवाह न्युनिकरण, बालश्रम रोकथाम,बिचैमा विध्यालय छाड्ने बालवालिकाको संख्या न्युनिकरण गर्न सरोकारवाला सबैले एक भएर अगाडि बढ्नु पर्ने देखिन्छ । परम्परागत हानिकारक अभ्यासका कारण पनि बाल संरक्षण चुनौतीपुर्ण बन्दै गईरहेकोे छ ।
कमलबजार नगरपालिकाका नगर उप–प्रमुख तथा नगर स्तरीय बाल अधिकार समिती संयोजक सारदा बिष्ट कुँवरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको समापनमा बोल्दै नगर उप प्रमुख सारदा बिष्ट कुवँरले यस्ता कार्यक्रमले प्रत्येक वडाबाट सहभागि जनप्रतिनिधी हरुलाई आफनो आफनो वडाका बालबालिकाको अवस्थाको बारेमा बुभ्mन, बुझाउन सजिलो हुने धारणा राख्नुभयो । यस्तै उहाँले बाल संरक्षणका लागी आगामी दिनमा ठोस कार्य योजना बनाएर अघि बढने बताउनु भयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासिय अधिकृत खडग बहादुर बिष्टले बालविवाह न्युनिकरणका लागि समस्या संग नडराई समाधान गर्न तिर लाग्नु पर्ने बताउँदै २० बर्ष पूरा गरि बिवाह गर्नेलाई प्रोत्साहनका कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो । नगरपािलकामा बाल श्रमिकको संख्या छिटफुट भएपनि त्यो संख्या शुन्यमा झार्न नगरबासि सबैको साथ सहयोगको आवश्यकता आंैल्याउनु भयो ।
नगरपालिका भित्र बालबालिकाको सम्पुर्ण अवस्थाको बारेमा छलफल र अभिमुखिकरण गरिएको छ । विशेष गरि बालबालिकाका नैसर्गिक अधिकारका बारेमा नवनिर्वाचित जनप्रतिनिधि हरलाई जानकारि गराईएको हो । पछिल्लो समय सामाजिक संजालको दुरुपयोगका कारण समाजमा हिंसात्मक गतिबिधी हुने गरेका सरोकारवाला बताउँछन् । अभिभावकको लापर्वाहीका कारण पनि बालबालिकामा नराम्रो लत बस्ने भएकाले अभिभावक सचेत हुनु पर्ने कुरामा उनिहरुको जोड छ ।
कमलबजार नगरपालिका अन्तरगतको महिला तथा बालबालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा सञ्चालित २ दिने अभिमुखिकरण कार्यक्रमको सहजिकरण प्रेम बुढा र आस्था नेपालका बाल संरक्षण फोकल पर्शन लभजंग कुवँरले गर्नुभएको हो । आईतबार समापनमा ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज तथा प्रहरी निरिक्षक भास्कर चन्दले अपराध, अपराधको परिणाम, लैङ्गीक हिंसाका कारण, लैङ्गीक हिंसाका क्षेत्र, हिंसाका प्रकार, सामाजिक मान्यताका बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई बालविवाह अन्त्य गर्ने लक्ष्य लिए पनि त्यो किसिमले काम भने हुन सकेको छैन् । यसका लागी सबैको भुमिका महत्वपूर्ण हुने सरोकारवाला बताउँछन् ।
कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, न्यायिक समिती उजुरी प्रशासक पबित्रा भण्डारी, संचारकर्मी लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमूख डम्मर ढुंगानाले गर्नू भएको हो । साथै कार्यक्रमका सहभागिलाई बाल संरक्षण, बाल बिवाह अन्त्य सम्बन्धी श्रब्य दृश्य सामाग्री पनि देखाईएको थियो ।
आस्था नेपालका फिल्ड अफिसर दिल बहादुर शाहीले सोहि कार्यक्रममा बोल्दै बालबालिकाका अधिकार शुनिश्चत गर्न सबैले जोड दिनु पर्ने बेला आएको उल्लेख गर्नु भयो । यस्तै शाहीले बाल मैत्री स्थानिय शासन घोषणाका लागी आजैबाट लाग्नु पर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय