
चन्द्र प्रसाद भाट,अछाम : कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले नगरको शैक्षिक गुणस्तर वृद्धिका लागी नगरपालिकाले विषेश योजना ल्याएर अघि बढ्ने बताउनुभएको छ । जाल्पादेवि माध्यामिक बिद्यालय ढाँकुको २० औँ अभिभावक भेलामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नगर प्रमुख ढकालले सो कुरा बताउनुभएको हो ।

शिक्षाको गुणस्तर वृद्धि गर्नका लागी देशका ३ तहका सरकारसंग मात्र नभई बिदेशी संस्थाहरुसंग समेत सम्झौता गरि काम अघि बढाइएको बताउनुभयो । नगरपालिकामा प्रभावकारी हुनेगरि पढ्दै कमाउदै कार्यक्रम समेत सञ्चालन गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । यो कार्यक्रम देशका अधिकांस ठाउँहरुमा सुरुवात भएको भन्दै यसले निकै प्रभाव पारेको भन्दै उक्त कार्यक्रमलाई आफ्नो पालिकामा पनि लागुगर्ने योजना आफ्नो रहेको बताए ।
बालबालिकाको शिक्षाको गुणस्तर सुधारका लागी अभिभावक सबैभन्दा पहिले जिम्मेवार बन्नुपर्नेमा नगरप्रमुख ढकालले जोड दिए । पछिल्लो समय कर्मचारीका बालबालिकाहरु निजि स्कुलमा अध्ययन गरिहेका भन्दै जसका कारण सामुदायिक बिद्यालय प्रतिको विश्वास घट्दै गएको बताउनुभयो ।

बिद्यालयमा राजनिति नगरि स्वच्छ तरिकाले शिक्षाक्षेत्रलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । यसै बिद्यालयमा अध्ययन गरेर देशका उच्च ओहोदामा अधिकांस व्यक्तिहरु पुगेको स्मरण गर्दै बिद्यालयले सफल जनशक्ति उत्पादन गरेको बताउनुभयो ।

सामुदायिक बिद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेकाले जिल्लाबाट बसाईसराईको दर बढेको उहाँको भनाई छ । सहरीक्षेत्रको शिक्षा पहाडी इलाकाका सामुदायीक बिद्यालयहरुमा दिन सकेको खण्डमा जिल्लाको बसाईसराईको दर नियन्त्रण हुने उहाँको विश्वास छ ।

विशिष्ट अतिथिको आसनबाट आफ्नो मन्तव्य राख्दै नगर उप प्रमुख शारदा कुमारी बिस्ट (कुँवर) ले बिद्यालयको विकासका लागी नगरपालिकाले हरप्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । जनप्रतिनिधि माथि नगरपालिकाका नागरिकहरुले गरेको आसालाई निरासामा परिणत हुन नदिने गरि काम गर्ने उहाँको भनाई छ । बिद्यालयबाट दक्ष जनशक्ति उत्पादन हुनेहुँदा सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उहाँको सुझाव छ ।

बिद्यालयकोे हरेक अवस्थालाई सञ्चालन गर्नका लागी बिद्यालय व्यस्थापन समितिको मुख्य भूमिका रहने भन्दै सक्षम नेतृत्व आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । शिक्षाको गुणस्तर बृद्धि गर्न सबैपक्षबाट सहयोग आवश्यक रहेको उनको भनाई छ । बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्नका लागी तिनवटै सरकारसंग पहल गर्ने समेत बताउनुभयो । आफ्नो कार्यकालभित्रै नमुना बिद्यालय निर्माणका लागी नगर सरकारले काम गर्ने बताईन । नगरपालिका भित्रका हरेक बिद्यालयमा समस्या रहेको भन्दै बिद्यालयका हरेक समस्या समाधान गर्नका लागी कार्यपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि रहनुभएकि नि वर्तमान नगर उप प्रमुख भुमिशरण ढकाल बजगाँईले आफ्ना बालबालिकाहरुको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागी अभिभावक नै जिम्मेवार रहेका बताउनुभएको छ । आफ्ना बालबालिकाहरुलाई कुलतबाट जोगाउन आफु नै जिम्मेवार रहनुपर्ने भन्दै उहाँले बालबालिकाको निगरानी नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो कार्यकालमा यस बिद्यालयको समग्र विकासका लागी प्रयाप्त मात्रामा बजेटको व्यवस्थापन गरेको दाबि गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि बिद्यालयको समग्र विकासका लागी काम गर्नुपर्नेमा जोड दिनुभयो । बिद्यालयका हरेक गतिविधिका विषयमा सुझाव र सल्लाह दिन कार्यालय नै जानुपर्ने भन्दै उहाँले पाटीपौवामा कुरा गरेर बिद्यालयको अवस्था सुधार नहुँने बताईन ।
भेलामा मन्तव्य राख्नुहुँदै कमलबजार नगरपालिका वडा नः ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले नगरपालिकाकै एक उच्चतम बिद्यालय भएको भन्दै यसको थप व्यवस्थापनका लागी नगर सरकारले अझै सहयोग गर्न आवश्यक रहेको बताए । यो बिद्यालय पालिका भित्रकै गौरब भएकाले यसको समग्र विकासका लागी कामगर्न आवश्यक रहेको बताए । आफुहरुको ५ वर्षे कार्यकाल भित्र हरेक बिद्यालयहरुलाई बालमैत्रि बनाईने समेत दाबि गर्नुभयो । बिद्यालयलाई नमुना बनाउन ४ पक्षिय सम्बन्ध प्रगाढ हुनुपर्ने भन्दै उहाँले शिक्षक,अभिभावकहरुलाई यसै अनुसारको काम अघि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य खेम बहादुर भण्डारीले बिद्यालयले केहिसमय पहिले प्राविधिक धारतर्फको कक्षा सञ्चालन गरेको स्मरण गर्दै उक्त कक्षा नियमित सञ्चालनका लागी स्थानिय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । शिक्षाको गुणस्तरलाई सुधार गरि नमुना बिद्यालयको रुपमा स्थापित गर्न जनप्रतिनिधिहरु समक्ष आग्रह गर्नुभयो । साथै आफ्नो बालबालिका नियमित बिद्यालयमा हाँजिर भए नभएको विषयमा अभिभावकहरुले अनुगमन गर्नुपर्ने उहाँको भनाई छ ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य गोविन्द प्रसाद ढकालले आफुले पनि यसै बिद्यालयबाट अध्यन गरि यहाँसम्म पुगेको स्मरण गर्दै बिद्यालय प्रशासनले खेलेको भूमिका प्रति खुसि व्यक्त गर्नुभयो । हाम्रो भन्दा पनि राम्रो व्यक्ति बिद्यालयको नेतृत्वमा आउनुपर्ने भन्दै उहाँले राजनिति मन्दिरमा सैह्य नहुँने भनाई राख्नुभयो । बिद्यालयमा शिक्षक र बिद्यार्थिहरु बिच उत्कृष्ट अनुशासन रहेको भन्दै बिद्यालयलाई नमुना बनाउन सबैले आवश्यक सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेकपा माओबादी केन्द्र सुदूरपश्चिम प्रदेशका प्रदेश कमिटी सदस्य रण बहादुर बिस्टले बिद्यालयमा राजनिति नगरी शिक्षाको गुणस्तरलाई बृद्धि गर्न सबै अभिभावकहरुले भूमिका खेल्नुपर्ने बताए । आफ्ना बालबालिकाको शैक्षिक गुणस्तरको बारेमा जानकारी लिन समयसमयमा अभिभावकहरुले बिद्यालयमा पुग्नुपर्ने उनको भनाई छ ।
विद्यालयको शैक्षिक, भौतिक र आर्थीक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक जनक बहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । प्रधानाध्यापक भण्डारीले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७८/७९ मा बिद्यालयको आम्दानीतर्फ २ करोड २ लाख ७६ हजार ५ सय ३५ रुपैँया ८० पैसा,यस्तै खर्चतर्फ २ करोड १ लाख ४४ हजार ३ सय ५६ रुपैँया ५९ पैसा गरि कुल २ करोड १९ लाख ८५ हजार ६ सय १९ रुपैँया २ पैसा बराबरको आयव्यय रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै १८ लाख ४१ हजार २ सय ६२ रु रुपैँया ४३ पैसा बैक मौज्दात रहेको प्रधानाध्यापक भण्डारीले जानकारी गराउनुभयो ।
साथै भेलाबाट बिद्यालय व्यस्थापन समितिका पुर्ब पदाधिकारी,पुर्ब जनप्रतिनिधिहरु,जग्गादाता,चन्दादाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । साथै बिभिन्न कक्षामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने बिद्यार्थि,नियमित हाँजिर हुने बिद्यार्थि,अनुशासित बिद्यार्थिहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । शिक्षक रामचन्द्र ढकालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक प्रेम प्रसाद जैशीले गर्नु भएको हो ।